काठमान्डौ,असार ३
नेकपा माआवादी केन्द्रले सांगठनिक कार्य विभाजनका लागि आज इन्चार्ज छनोट गर्ने भएको छ ।
पेरिस डाडास्थित केन्द्रिय कार्यलयमा विहान ११ वजे बस्ने. केन्द्रको हेडक्वाटर बैठकमा सांगठनिक कार्य विभाजन गरी इन्चार्ज छनोट गर्ने तयारी गरेको हो ।
बैठकमा प्रदेश,जिल्ला र मोर्चाको एकता भेला लगायतको जिम्मेवारी बाडफाड गर्ने गरी प्रादेशिक इन्चार्ज र सह इन्चार्ज छनोट गर्ने तयारी गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।
एक महिना अगाडि नै ११ सय पार्टी सदस्यीय घोषणा गरेको माओवादी केन्द्रले अहिले सम्म सांगठनिक कार्य विभाजन भने गर्न सकेको थिएन । पदाधिकारी चयनको विषयमा भने कुनै एजेन्डा नभएको प्रवक्ता भुसालले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline