नेपालगन्ज , २ असार ।
सञ्चारमन्त्री शेरधन राईले आर्थिक विकास र जनताको स्वार्थलाई केन्द्रमा राखेर सरकार अघि बढेको उल्लेख गर्नु भएको छ ।
सरकारले राष्ट्रिय सहमतिका लागि हदैसम्मको लचकता अपनाएको बताउदै मन्त्री राइले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनु भएको हो ।
प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्जमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले सरकारको अहिलेको परिस्थितिमा ओलीको विकल्प नभएको जिकीर गर्नु भयो ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले अन्य दलका नेताहरु अधिकांश ‘टेस्टेड’ भएकाले कांग्रेस, मधेसवादी दलहरुले आफ्नो दलीय स्वार्थभन्दा पनि माथि उठेर संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधिनताका लागि वर्तमान सरकार मै सामेल भएर अघि बढ्नुको विकल्प नभएको दावी गर्नू भयो ।
उहाले प्रतिपक्ष कांग्रेस र मधेसवादी दलहरुलाई जनताको स्वार्थलाई बुझेर सहमतिमा आउन समेत आग्रह गर्नु भयो ।