वर्षाको सिरुपाते ओठले कतिलाई काट्ने हो……(भिडियो सहित)

वर्षाको सिरुपाते ओठले कतिलाई काट्ने हो……(भिडियो सहित)

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार २ काठमान्डौ ।
आधुनिक तथा पप गायनको क्षेत्रमा चर्चा बटुल्न सफल गायक रमेश श्रेष्ठ मेलोडिको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सिरुपाते ओठ तिम्रो’ नामक म्युजिक भिडियो यु–ट्युव मार्फत हालसालै सार्वजनिक गरिएको हो ।

दर्जन भन्दा बढि गीतमा आवाज दिएका मेलोडिले सोहि अनुपातमा संगीत पनि भरेका छन् । सो म्युजिक भिडियोमा पनि मेलोडिकै सुमधुर स्वर तथा संगीत रहको छ ।

म्युजिक भिडियो मार्फत एउटा सुन्दर केटीको प्रसम्शा गर्नुका साथै सुन्दरता अनुसारको उसको व्यवहार नभइ फरक व्यवहार रहेको जस्ता भाव पोखिएका छन् ।

द रोयल क्रियशनको प्रस्तुति रहेको सो म्युजिक भिडियोमा वर्षा सिवाकोटी र दिपक तामाङ फिचरिङ छन् ।

माधव खरेलले शब्द संयोजन गरेको सो म्युजिक भिडियोको निर्देशन निर्देशक सरोज श्रेष्ठले गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाङकन गरेका भिडियोको सम्पादन उज्ज्वल ढकालले गरेका हुन् ।

सिरुपाते बोलको गीत मेलोडिको आँखी झ्याल एल्बममा संग्रहित तेस्रो गीत हो ।

(भिडियो सहित)

https://www.youtube.com/watch?v=g6KMkJTIVGI

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी