काठमाण्डौ, २ असार ।
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयता खारेजिको माग राख्दै आजबाट देशब्यापि रुपमा अभियान सुरु गर्दै छ ।
मोर्चाले आज देखि साउन मसान्त सम्म दुई महिना देशव्यापी संघर्षका कार्यक्रम गर्न लागेको हो । संबिधानका सकारात्मक प्रावधानलाई कार्यन्वयन बाधक भएको मोर्चाको ठहर छ ।
आज देखि १९ गतेसम्म राष्ट्रियताको रक्षा र संघीयताको खारेजी, महंगी, कालोबजारी लगायतका विषयमा गाउँ स्तरीय भेटघाट, जनसभा र भित्तेलेखन कार्य गर्ने मोर्चाले जनाएको छ ।
असार २० देखि मसान्तसम्म जिल्ला स्तरीय सभा र कोणसभाहरु आयोजना गरिने छ भने साउन २ देखि मसान्तसम्म विभिन्न जिल्लामा अन्तरक्रिया र सभाहरु गरिने जनमोर्चाका महासचिव जनकराज शर्माले जानकारी दिनुभयो ।
सरकारमा सामेल रहेको जनमोर्चाले संघीयताका साथै नागरिकता ऐन र माथिल्लो कर्णाली सम्झौता समेत खारेजीको माग अगाडि सारेको छ ।
उपप्रधानमन्त्री तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसिले संघियताले मुलुक बिखण्डन हुने भएकालेृ आम नागरिकमा चेतना जगाउन देशब्यापि रुपमा अभियान चलाउन लागीएको बताउनु भयो । उहाले समग्र संबिधानको नभएर एउटा ब्यावस्थाको मात्र बिरोध गरेको स्पष्ठ पार्दै मुलुकको हित बिपरीत भएकाले आफ्नो पार्टीले संघियतालाई कहिलै समर्थन नगर्ने बताउनु भयो ।