सभासद् रामहरि खतिवडाले देशलाई बचाउन बैंकिङ क्षेत्रमा हाबी भएको एकाधिकार प्रणालीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावलले नेपालमा बैंक तथा वित्तीय संस्थाको विकासका लागि सरकार, बैंकिङ क्षेत्र तथा जनताको सामूहिक प्रयास हुनुपर्ने औँल्याउनुभयो ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बंैक तथा वित्तीय संस्थाका लागि बन्ने कानुन कमजोर तथा निमुखाको पक्षमा हुनुपर्ने औँल्याउँदै ठूलो लगानीकर्ताको एकलौटी हुनु हुँदैन भन्नुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा रवीन्द्रप्रसाद पाण्डेले संस्थागत सुशासनले मात्र बैंक तथा वित्तीय संस्थाको हित हुने र यसलाई राम्रो तथा सकारात्मक मार्गदर्शन प्राप्त हुने बताउनुभयो ।
राष्ट्र बैंक वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रेशमराज रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेसका प्रतिनिधि महेन्द्रप्रसाद यादव, युएन नेटवर्क इन्टरनेसनलका प्रतिनिधि राजेन्द्रप्रसाद आचार्य लगायतले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९वाफिया०मा संशोधन गरिने मस्यौदा प्रस्तावमा ठोस तथ्य नभएको बताउनुभयो ।