मेलम्चीको पानी आउँदो वर्ष काठमाडौँमा

मेलम्चीको पानी आउँदो वर्ष काठमाडौँमा

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

melamchi2काठमाडौँ, २ असार  ।
मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले आयोजनाको १७.१४ किमी सुरुङ निर्माण सम्पन्न भएकाले अब बढीमा डेढ वर्षभित्रमा पानी आउने बताउनुभयो ।

“अब १०.४४ किमी सुरुङ निर्माण गर्न बाँकी छ, गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले काम रोकिँदा इटालियाली ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौतामुताविक २०७३ असोजमा सुरुङ निर्माण नसकिए पनि अर्को असोज अघि नै पानी आउँछ” – उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसालेपछि प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउने काम ४३ प्रतिशत सम्पन्न गरेको निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

“सुरुङ निर्माण सम्पन्न हुनु अघि नै आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकावासीको घरघरमा पानी वितरणका लागि लाइन पु¥याउँछ”– उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी