https://youtu.be/672m13OxlSA
काठमाडौं, १ असार ।
गायिका पार्वती खनाल घिमिरे नयाँ म्यूजिक भिडियो “हेराईमा पग्लीएर” पप गीत सार्वजनिक भएको छ ।
घिमिरे तनहूँ न्यू भिजन पब्लिक एकेडेमीमा मा.वि. शिक्षण पेशामा पनि संलग्न रहेकी छिन् । तर उनी गायककार, रचनाकार लय अथवा संगितकार आदि विधामा बहुप्रतिभा देखाउन सफल रहेकी छिन् । संगितको गुरु आफ्ना विद्यार्थीहरुलाई मान्छिन् ।
उनले आफ्ना विद्यार्थीहरुलाई लय हालेर कविता वाचन गर्ने सन्र्दभबाट प्रेरित भई यस गायन क्षेत्रमा लागेको बताउँछिन् ।
लोक गीत, आधुनिक गीत, दोहोरी गीत, पप गीत आदि जुनसुकै गीतहरु गाउन सक्ने कुरा बताउँछिन् । आफु संग दर्जनौँ गीतका शब्द, लय र स्वर भएका गीतहरु बताउँछिन् । उनले लोक गीत, दोहोरी गीत, पप गीत, आदिमा आफ्नो प्रतिभा देखाइसकेकि छन् ।
“हेराईमा पग्लीएर” गीतको रचनाकार तनहुँ, दमौली आदिकवि भानुभक्त क्याम्पसका उप–प्राध्यापक शुसिल प्रसाद वाग्ले रहेका छन् । यसको लय अथवा संगित गायिका पार्वतीले गरेकी छन् ।
यसको निर्देशन होम धितालले गरेका छन् । सम्पादन रोशन धिताल र छायाँकन मरुभुमी नारायण र दिपेन्द्र भट्टले गरेका छन् । यसको कोरियोग्राफि मनिष श्रेष्ठ र एरेन्जर बुद्ध सयामी रहेका छन् ।
यसको मोडेल पार्वती राई र निरेन श्रेष्ठले गरेका छन् । जसमा धिताल फिल्मसको प्रस्तुतीमा बजारमा आजमात्र आएको छ ।