प्रचण्ड र गृह मन्त्री बस्नेतलाई कारबाही गर्न नयाँ शत्तिको माग

प्रचण्ड र गृह मन्त्री बस्नेतलाई कारबाही गर्न नयाँ शत्तिको माग

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

khimlal-devkotaभक्तपुर, १ असार ।नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्वन्द्वकालिन समयको घटनालाई लिएर कारवाही भए प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नु पर्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत भएकाले त्यसको जवाफदेहिताका साथ उनिहरुले नैतिक जिम्मेवारी लिनु पर्ने बताउनु भएको हो ।

द्वन्द्वको समयका घटनालाई अपराधिकरण गर्ने वा क्रान्तीकरण गर्ने भन्ने बिषयलाइ ध्यान दिन नसके प्रचण्ड र गृहमन्त्री बस्नेतको समेत यस्तै अवस्था हुने उहाँले बताउनु भयो ।

नाकाबन्दी सकिएको लामो समय सम्म पनि सरकारले कालोबजारीको संरक्षणमा लागेका कारण नेपालीले सास्ती खेप्नु परेको भन्दै उहाँले वर्तमान सरकारको संरक्षणमा कालो अर्थतन्त्र मौलाएकोले जनताको समस्या समाधान गर्न नसक्ने यो सरकार पूर्णरुपमा असफल भएको देवकोटाले बताउनु भयो ।

भुकम्पको पिडालाई सम्बोधन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता भरणपोषण गर्दै एनजियो र आइएनजीओको पैसा कुम्लाउने खेलमा सरकार लागेको भन्दै प्रवक्ता देवकोटाले पुननिर्माण प्राधिकरणलाई राजनीति भर्तिको केन्द्र बनाएर सरकारले विदेशी सहयोगको दुरुपयोग गरेको आरोप लगाउनु भयो ।

नयाँ शक्तिले आर्थिक समृद्धिको नारा बुझेरै उठाएको भन्दै उहाँले भन्नु भयो उत्पादनमुखि बन्ने र देशको आर्थिक बजेट १० खरबका साथै बिदेशीको सहयोग लाई सहि सदुपयोग गरेमा मात्र बार्षिक १० लाखको हाराहारीमा रोजगारी श्रृजना गर्दै पाँच बर्षमा बेरोजगारीको अन्त्य गर्न सकिने नयाँ शक्तिसँग खाका रहेको दाबी गर्नु भयो ।

नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनको ब्यवस्थामा नयाँ शक्ति नेपाल पार्टी रहेको भन्दै यदि यसो भएको राजनीति जटिलताहरुको अन्त्य तर्फ सहजता मिल्ने समेत देबकोटाले बताउनु भयो । नेपालमा प्रत्यक्ष रुपमा बिदेशीहरुको हस्तक्षेप रहेको भन्दै उहाँले नेपाल र नेपाली सक्षम बन्दै राजनीतिक क्षेत्रलाई सक्षम पार्न सके हस्तक्षेप समेत अन्त्य गर्न सकिने देबकोटाले बताउनु भयो ।

नेपाल दुई ठूला आर्थिक समृद्धि हासिलतर्फ अग्रसर भएका देशका बीचमा भएकाले दुइ देश बीचको पुलको भूमिका निर्वाह गर्दै आर्थिक समृद्धि तर्फ अगाडी बढ्दै लाभ लिन सक्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

नेपाली राजनीतिमा नयाँ शक्तिले आर्थिक पार्दशिताको पाठ सिकाएको बताउँदै उहाँले आरोप प्रत्यारोप गर्नु भन्दा पनि नयाँ शक्तिको आर्थिक पाटो बारे जानकारी लिन चाहने सबैलाई केन्द्रिय पार्टी आएर हिसाब किताब हेर्न सकिने बताउनु भयो ।

नयाँ शक्तिमा ४० प्रतिशत पुरानै मुहार जो बिभिन्न राजनीतिक दलका र अन्य ६० प्रतिशत नयाँ मुहार रहेको भन्दै उहाँले नयाँ शक्तिमा युवाहरुको बाहुल्यता रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ