भुकम्पपिडितको पुनस्र्थापनामा गम्भिर नबने संसद अबरुद्ध गर्ने चेतावनी

भुकम्पपिडितको पुनस्र्थापनामा गम्भिर नबने संसद अबरुद्ध गर्ने चेतावनी

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,१ असार ।

congress-flag-नेपाली कंग्रेसले भुकम्प प्रभावित सम्पूर्ण जिल्लामा तत्काल ठोस कदम नचाले संसदमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।

नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकले भुकम्पपिडितहरुको पुनस्र्थापना तथा राहत वितरणमा गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराउर्दै माग सुनुवाईमा सरकार गंभिर नभए संसद अवरुद्ध गर्ने सम्मको कार्यक्रम ल्याउने चेतावनी दिएको हो ।

बैठकले पुनर्निर्माणमा राजनीतिकरण नगर्न, वास्तविक पीडितको तथ्याङ्क संकलनमा भेदभाव नगर्न, पुनर्निर्माण प्राधिकरणलाई कार्यकर्ता भर्ती केन्द्र नबनाउन, अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

राजनीतिक आस्थाका आधारमा पीडितहरुको लगत संकलन समेत प्रभावित हुनु दुखद भएको बताउँदै बैठकले सम्पूर्ण पीडित नागरिकलाई एकै स्थानमा राखेर राज्यको जिम्मेवारी निर्वाह गर्न सरकारलाई आग्रह गरेको सांसद रामकृष्ण यादवले जानकारी दिनुभयो ।

संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवा जुम्लाबाट फर्किएपछि आगामी रणनीतिबारे थप निर्णय गर्ने यादवले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ