काठमाण्डौ ,१ असार ।
मधेसी मोर्चा र संघीय गणतान्त्रीक मञ्चले आजको संसद बैठक बहिष्कार गरेको छ ।
सरकारसँग हालसम्म भएका ३६ वटा वार्तामा पनि सरकारले निकास निकाल्ने गरी कुनै कार्ययोजना नल्याएको भन्दै बार्ताका लागि सरकार सकारात्मक नभएकाले मोर्चाले बैठक बहिष्कार गरेको हो ।
संघीय गठबन्धनले आन्दोलन गरिरहेको भए पनि सरकारले वार्ताका लागि पत्राचार गर्दा दलगत रुपमा पत्राचार गरेर वार्तामा गम्भीरता नदेखाएकझ आरोप गठबन्धनको छ ।
लोकतान्त्रिक सरकारको नाममा बनेको सरकार भूकम्पपीडितको राहतदेखि कालाबजारी महंगी नियन्त्रणमा असफल भएको गठबन्धनको आरोप छ ।
मोर्चाका सांसदले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै हामी जहाँ बसेका छौ त्यो लोकतन्त्र, सुशासन र जन अपेक्षा पूरा गर्न अससफल भएको भन्दै बैठक बहिष्कार गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline