काठमान्डौं,असार १
भूकम्प पीडितको पुनस्थापना कार्यमा सरकारले खेलवाड गरेको भन्दै उनीहरुको व्यवस्थापन गर्न सरकार गम्भीर नभएको नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले बताउनु भएको छ ।
एक लाख भन्दा बढी नक्कली पीडित आस्थाको आधारमा खडा गर्दै वास्तविक पीडितहरु प्रमाणीकरणमा नपरेको, आफ्नो दल निकट हर्ड र सक्षम नामका गैरसरकारी संस्थालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको उहाले आरोप लगाउनु भयो ।
संसदको विशेष समयमा बोल्दै केसीले अहिले भूकम्प पीडितले अहिले पनि ४७ हजारले मात्रै राहत सम्झौता गरे पनि त्यसमा बाँकि पीडितको लागि स्पष्ट निर्णय लिन नसकेको उहाँले बताउनु भयो ।
यस्तै उहाँले बाढी पीडितको राहतका लागि पनि कुनै काम नभएको आरोप लगाउनु भयो ।।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline