काठमान्डौं असार १ ।
आज विश्व जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै । दिवसका अवसरमा जेष्ठ नागरिकको हक हितका लागि कार्यरत संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन २०१२ देखि हरेक वर्ष जुन १५ तारीखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज विषेश कार्यक्रमको आयोजना गरेको छ ।
राजधानीको बसन्तपूरमा अपरान्न ४ बजे हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले संम्बोधन गर्नुहुनेछ । यसैबीच दिवसका अवसरमा प्रतिस्ठानले विभिनन जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, काठमाडौँ महानगरपालिकाका प्रथम निर्वाचित मेयर जनकलाल श्रेष्ठ, ज्येष्ठ कम्युनिस्ट वसन्त गौचन सहित करिब डेढ दर्जन ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागेको प्रतिस्ठानले जनाएको छ ।