आर्थिक क्रान्ति गर्नुपर्छ : नेपाल

आर्थिक क्रान्ति गर्नुपर्छ : नेपाल

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काकरभिट्टा ,३२ जेठ ।

नेकपा एमालेका नेता माधब कुमार नेपालले मुलकमा राजनितिक क्रान्ति पुरा भईसकेकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताउनु भएको छ ।

झापाको काकरभिट्टामा आज कार्यकर्तासँगको भेटघाटका क्रममा नेता नेपालले राजनितीक नेतृत्व जुगाको लडाईमा व्यस्त रहेको भन्दै अब एक अर्कामाथिको आरोप प्रत्यारोपलाई छाडेर आर्थिक विकास तर्फ अग्रसर हुनुपर्ने बताउनु भयो ।

राजनितिक दल र नेताको खिच्चातानीकै कारण मुलुक अशान्त हुने भन्दै उहाले वर्तमान समस्या समाधानका लागी सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाले स्थानीय निकायको चुनाव तोकिएकै मितिमा गर्नुपर्ने भन्दै त्यसका लागी आईपर्ने कानुनी अड्चन सरकारले हल गरेर निर्वाचनको वातावरण बनाउनु पर्ने बताउनु भयो ।

माओवादीले जातिय मुद्धालाई उठाएर गरेको आन्दोलनका कारण देश अन्योलमा परेको आरोप लगाउर्दै नेता नेपालले ढिलै भएपनि अहिले जनताको हातमा शासन सत्ता आईपुगेको चर्चा गर्नुभयो । उहाले अब देशको द्रुत विकासका लागी आर्थिक पाटो मजबुत हुनपर्ने धारणा राख्नुभयो ।

आगामि आर्थिक बर्षको बजेट कार्वान्वयनपछि लोकप्रिय बन्ने देखेपछि विपक्षी दल काग्रेस आत्तिएर बिरोध गरेको बताउनु भयो ।

कार्यकर्तासँगको भेटघाट अघि उहाले आजै बिहान मेचिनगर १० काकरभिट्टा स्थीत मनमोहन स्मृति भवनको अवलोकन गर्नुभएको थियो । हिजो बेलुका सिक्कीमको पारिवारी भ्रमण सकेर काकरभिट्टामा बस्नुभएका नेता नेपाल आज दिउसो काठमाण्डौ फर्कनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ