छुकुङवासी हिमनदीमा बाढी आएपछि रातभर जागा

छुकुङवासी हिमनदीमा बाढी आएपछि रातभर जागा

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सोलखुम्बु,  ३२ जेठ । ल्होत्से हिमालको हिमनदीमा बाढी आउदा बस्ती छाडेर गएका खुम्जुङका छुकुङवासी घर फर्किएका छन् ।
सोमबार साँझपख आएको बाढीले हिमनदीको उच्च जोखिममा रहेको खुम्जुङ गाविसमा पर्ने छुकुङ गाउँका बासिन्दामा त्रास उत्पन्न भएको थियो र उनीहरु राति बस्ती छाडेर भागेका थिए ।

गाउँमाथि नै रहेको ल्होत्से हिमालको हिमतालबाट अकस्मात ठूलो बाढी आएपछि भागेर डाँडामा गई रातभर जागै बसेको स्थानीयवासी लोप्साङ शेर्पाले बताउनुभयो ।

गाउँको दुबैतर्फ उर्लिएर आएको बाढीले यसअघि पनि पटक–पटक कटान गर्दै आएको र गाउँ उच्च जोखिममा रहेको खबर सञ्चारमाध्यममा आउने गरेको थियो । गाउँको छेवैबाट बग्ने हिमनदीमा यसरी बाढी आएको भूकम्पपछि यो दोस्रो पटक हो । हिजो साँझ आएको बाढी केही घन्टापछि सुकेर नदी सतह पूर्ववत् रुपमा आएको उहाँले बताउनुभयो ।

हिमालको फेदमा रहेको स–साना हिमपोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । गतवर्ष पनि ल्होत्से हिमालकै हिमतालबाट बगेर आएको पानीले गाउँमा क्षति पु¥याएको थियो ।

उच्च जोखिमपूर्ण भनिएको इम्जा हिमताल नजिकै रहेको यस गाउँमा इम्जाको डर नभए पनि यस्ता स–साना हिमपोखरीको धेरै डर भएको गाउँलेहरु बताउँछन् । हिजो आएको बाढी पोखरी फुटेर नभई हिमनदीमुनितिर जमेर बसेको पानी भएको हिमतालका ज्ञाता डा धनञ्जय रेग्मीले बताउनुभयो ।

यसअघि आएको बाढीले त्यहाँको पुल भत्काएका थिए । अहिलेसम्म पुल निर्माण र गाउँको संरक्षणमा सरकारको ध्यान पुग्न सकेको छैन । पर्यटकीय गाउँ छुकुङमा १० परिवारका करिब ५० सदस्य बस्ने गर्दछन् । आरोहणका लागि चर्चित आइल्यान्ड पिक पनि सोही क्षेत्रमा पर्छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी