काठमाडौ ३२ जेठ ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले अन्दोलनरत मधेसी मोर्चालाई उनिहरुका मागहरु संसदमा दर्ता गराउन सुझाव दिनु भएको छ ।
मोर्चाले आफ्ना माग संसदमा दर्ता गराए संविधान संसोधनमा आफुहरुले पनि सहयोग गर्ने उहाँले बताउनु भयो ।
रेडियो मिर्मिरेको दैनिक बहसमुलक कार्यक्रम आजको सन्दार्भमा बोल्दै नेता पण्डितले मधेसी मोर्चाका आन्दोलनका पछिल्ला कार्यक्रमहरु सुधारीएर आउनु सकारात्मक भएपनि समस्या समाधानका लागि मोर्चाले आफ्ना प्रष्ट धारणा सहित संसदमा आउनु पर्ने बताउनु भयो ।
मार्चा सरकारको अनुरोधलाई स्विकार्दै वार्तामा आए नागरिकता र सिमाङ्कन लगाएतका केहि मागहरुमा आफुहरु लचक बन्न सक्ने उहाले बताउनु भयो ।
पूर्वमन्त्री समेत रहनु भएका पण्डितले संविधान संसोधन जनप्रतिनीधिले गर्ने भएकाले भोली च्ुनाब जितेर आए जोसुकैले संविधान संसोधन गर्न सक्ने धारणा राख्नुभयो ।
गत वर्ष संविधान निमार्णको प्रकृया थालनी देखिनै आन्दोलन थालेको मधेसी मोर्चा अहिले विभिन्न जनजाती संगठनहरु संग मिलेर संघिय गठबन्धनको नाममा राजधानि केन्द्रित आन्दोलनमा छ ।