विभिन्न प्रतिवेदन पारित गर्दै नयाँशक्ति नेपालको भेला आज सकिदै

विभिन्न प्रतिवेदन पारित गर्दै नयाँशक्ति नेपालको भेला आज सकिदै

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ३२ जेठ ।  

नयाँ शक्ति नेपालको राजधानीमा जारी पार्टी स्थापना भेलाले आज विभिन्न तीन ओटा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

यसअघि हिजो पार्टी संयोजक बाबुराम भट्टाराइको राजनितिक प्रतिवेदन, नेता देवेन्द्र पौडेलको संगठन विभाग तथा रामेश्वर खनालको आर्थिक सम्वृद्धिको खाका समेटिएको प्रतिवेदन पेश भएका थिए ।

प्रतिवेदनमाथि विभिन्न १२ ओटा समुहमा विभाजन गरेर छलफल भइरहेको छ । सबै समुहका तर्फबाट आज टोली नेताले धारणा राखिसकेपछि तीनओटै प्रतिवेदन पारित गर्ने तयारी भएको प्रवक्त खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

आगामी २५ वर्षभित्र समृद्ध मुलुक निर्माणको महत्वकांक्षी योजना सहित राष्ट्रिय भेलाले पारित गरेको प्रतिवेदन जनस्तरमा छलफलका लागि पठाइने देवकोटाले बताउनु भयो । प्रतिवेदन पारित गर्दै भेला आजै सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ