सदर चिडियाखाना सार्ने विषयमा संसदीय समितिमा छलफल

सदर चिडियाखाना सार्ने विषयमा संसदीय समितिमा छलफल

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, ३१ जेठ ।
व्यवस्थापिका–संसदको वातावरण विकास समितिले विभिन्न स्थानहरुमा रहेका स–साना चिडियाखानाहरु पत्ता लगाइ तथ्यांक संकलन गरी व्यवस्थित र नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आज बसेको बैठकले अवैधरुपमा रहेका चिडियाखानाहरुको अनुगमन गरी त्यसको तथ्यांक संकलन गर्ने र चिडियाखानासम्बन्धी नीति र कानुन बनाइ त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा सहभागी सांसदहरुले सरकारले स्वीकृति दिएकाबाहेक निजी चिडियाघर राख्न नपाउने कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा ललितपुरस्थित सदर चिडियाखानालाई भक्तपूरको सूर्य्विनायकमा सार्ने विषयमा पनि छलफल भएको थियो ।

वि.सं. १९८९ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले निजीरुपमा स्थापना गरेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना २०११ सालदेखिमात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ