प्रधानमन्त्रीद्धारा वार्तामा आउन मधेसी दललाई पत्रमार्फत आग्रह

प्रधानमन्त्रीद्धारा वार्तामा आउन मधेसी दललाई पत्रमार्फत आग्रह

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ , ३१ जेठ ।

नयाँ संविधानमा असन्तुष्टि जनाउँदै झन्डै एक वर्षदेखि आन्दोलनरत मधेसी दलहरुसहितका समूहलाई सरकारले वार्ताका लागि आज पत्र पठाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बवद्ध दलहरु तथा थरुहट र मुस्लिम मोर्चालाई पनि वार्ताका लागि पत्र पठाउनुभएको हो ।

आइतबार भएको नयाँ शक्ति पार्टी घोषणा कार्यक्रममा मन्तब्य दिँदै मधेसी दललाई वार्तामा बोलाउने बताएकै भोलिपल्ट ओलीले उनीहरुलाई वार्ताका लागि बोलाउनुभयो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बस्नका लागि आज पत्र पठाउनु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भन्नुभयो । ‘सरकारबाट पठाइएको पत्र सबै दलले बुझिसकेका छन् । उताबाट वार्ताका लागि सकारात्मक भएको खबर आएको छ ।’

सरकारले आन्दोलनरत थरुहट–थारुवानलाई दुई दिनअघि नै वार्तामा बस्न पत्र पठाइसकेको थियो । मुस्लिम मोर्चालाई पनि सरकारले आइतबार पत्रप पठाइसकेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एउटा पत्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा पठाइएको छ भने आन्दोलनरत मधेसी दलका अध्यक्षलाई पनि सम्बोधन गरेर अलग अलग पत्र पनि पठाइएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ