मधेसवादी दललाई वार्ताका लागि अपिल

मधेसवादी दललाई वार्ताका लागि अपिल

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ३१ जेठ  ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलन छाडेर वार्तामा आउन मधेसवादी दलसँग आग्रह गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा वार्ताका लागि सरकारले आज मात्रै सङ्घीय गठबन्धनलाई औपचारिक पत्र पठाएको बताउँदै नेकपा (एमाले) नेता समेत रहनुभएका रिमालले मधेसी समुदायको विषयलाई वार्ता र संवादमार्फत समाधान गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

‘कुनै पूर्वाग्रह नराखी वार्ताका लागि प्रधानमन्त्रीले पटकपटक पत्र पठाउनुभएको छ, तर उहाँहरू (मधेसी दल) वार्ताका लागि तयार हुनुहुन्न, सरकार मेधसी दलसँग दुरी बढाउन चाहँदैन । त्यसैले ठोस वार्ताका लागि अपिल गर्दछु’–उहाँले भन्नुभयो ।

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले वार्ताका लागि सरकारले पछिल्लोपटक पठाएको पत्र सकारात्मक भए पनि सरकारले वार्ताका लागि विश्वासको वातावरण सिर्जना गर्नपर्ने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले मधेसवादी दल वार्ताको विरोधी होइन, तर सरकारले वार्ताको नाममा खेलाँची गरिरहेको छ भन्नुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष जितेन्द्र सोनलले दुई तिहाई बहुमतले संविधान संशोधन गर्न तयार भएको खण्डमा मात्र मधेसी मोर्चा वार्तामा बस्ने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ