पर्साको शंकरसेरैयाबाट १२० किलो गाँजा बरामद

पर्साको शंकरसेरैयाबाट १२० किलो गाँजा बरामद

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

पर्सा, ३१ जेठ ।

पर्साको शंकरसेरैयाको भलुवाई खोलाबाट प्रहरीलेमकवानपुरको मनहरीबाट बोरामा ल्याउँदै गरेको एक क्विन्टल २० किलो गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रङ्गपुरको संयुक्त गस्ती टोलीले आइतबार राति २ बजे गाँजा बरामद गरेको हो ।

 गाँजा बरामद गर्ने क्रममा तस्करले गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउण्ड गोली चलाउनु परेको पर्साका प्रहरी नायब उपरिक्षक होमेन्द्र बोगटीले बताउनुभयो  ।
प्रहरीले गोली चलाएपछि तस्कर भागेका थिए । बरामद गाँजा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ