काठमाडौ ३१ जेठ ।
पर्साको शंकरसरैयामा गाँजा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । रातको समयमा ठूलो परिणाममा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तस्कर समूहलाई रोक्न खोज्दा गोली हानाहान भएको जनाएको छ ।
राति करिब १२ बजेको समयमा शंकरसरैया गाविसको भलुही खोलाको बगरमा तस्करलाई ढुकेर बसेका प्रहरीलाई देख्ने बित्तिकै गाँजा कारोबारीले गोली प्रहार गरेका थिए ।
जवाफी कारबाहीमा प्रहरीले २ राउण्ड गोली चलाएपछि तस्करहरु साइकल र गाँजा छाडेर नजिकैको पर्सा वन्यजन्तु आरक्ष भित्र भागेको प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।
उहाका अनुसार लाइन क्लियर गराउन आएका कारोबारीले प्रहरी देख्ने बित्तिकै गोली प्रहार गरेका थिए । पछिल्ला समय कारोबारीले गाँजा पर्साको ग्रामीण नाकाबाट रातको समयमा भारत पठाउने गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline