नयाँशक्ति नेपालको भावी रणनिति बारे छलफल जारी

नयाँशक्ति नेपालको भावी रणनिति बारे छलफल जारी

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ,३१ जेठ ।
नयाँ शक्ति नेपालले पार्टीको भावी रणनितिका विषयमा आजबाट छलफल सुरु गरेको छ । दुई दिनसम्म चल्ने छलफलमा पार्टीको भावी रणनितिका साथै आगामि कार्यदिशा समेत तय गर्नेछ ।

राजधानीको कमलादीमा जारी छलफलमा पार्टीको विधान, समृद्धिको खाका र राजनितिक दस्तावेज गरी तीन ओटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

संयोजक बाबुराम भट्टाराईले नयाँ शक्तिको अधार पत्र, नेता देवेन्द्र पौडेलले संगठनात्मक सिद्धान्त र विधान तथा नेता रामेश्वर खनालले आर्थिक सम्वृद्धिको खाका नामक कार्यपत्र प्रस्तु गर्नुभएको हो ।

त्यी कार्यपत्रमाथि आजै छलफल हुने पार्टी प्रवक्त खिमलाल देवकोटाले जानकारी दिनुभयो । कार्यपत्रमाथि विभिन्न १२ ओटा समुहमा छलफल हुने बताइएको छ ।

आगामी २५ वर्षभित्र समृद्ध मुलुक निर्माणको महत्वकांक्षी योजना अघि सारेको सो पार्टीले मुलुकभित्र र बाहिरबाट आएका प्रतिनिधिहरुसँग छलफल सुरु गरेको हो । छलफलमा एक हजार पाँच सय प्रतिनिधि सहभागी छन् ।

यसअघि हिजो राजधानीको दशरथ रंगाशालामा विशेष समारोहकाबीच पार्टी संयोजक डा. बाबुराम भट्टाराईले नयाँशक्ति नेपालको औपचारिक औपचारिक घोषणा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ