विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार कृषिा विकास मन्त्रालय अन्तरगत कार्यान्वयनमा रहेको आयोजना हो । यो आयोजना सन् २००९ देखि ६ बर्षका लागि पूर्वान्चल बाहेक चार विकास क्षेत्रका तराईका १५ र पहाडका १० जिल्लाहरु गरी जम्मा २५ वटा जिल्लाहरु कार्यान्वयनमा रहेकोमा दातृ संस्था विश्व बैंकले सन् २०१२ मा मध्यावधी मुल्याङकन गरी आयोजनाले हासिल गरेको प्रगतिको मुल्याङकन गर्दै आयोजनाका लागी थप सहयो प्रदान गरेको छ । यसपछि आयोजनाको अवधी सन् २०१८ को जुनसम्म थप गरिएको छ । त्यसैगरी आ.व २०७०÷०७१ बाट आयोजनाको कार्य क्षेत्र समेत देशभर विस्तार गरिएको छ । यस आयोजनाको मुख्य उदेश्य आयोजना लागु भएका जिल्लाहरुका निर्दिैष्ट कृषि उपजहरुको मुल्य श्रृखलामा आबद्ध साना कृषक र कृषि सहकारी ,कृषि उद्यमी एवं व्यवसायीहरुको प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्नु रहेको छ । यस आयोजनाले नाफामूलक तथा बजार उन्मुख उत्पादनमा संलग्न कृषक समुह तथा सहकारीलाई सहयोग साथै बजार पहुँच र कृषि व्यावसायमा सम्पर्क विस्तारमा सहयोग गर्ने मूल्य शृंखलाको दृष्टीले उत्पादक , व्यापारी ,प्रशोधन कर्ता र अन्य सरोकारवाला पक्ष समेतलाई समेटी उद्योगमा आधारीत साझेदारिताको विकासमा सहयोग गर्ने तथा कृषि र खाद्य वस्तुको व्यापारमा विद्यमान बाध ब्यावधान घटाउने एवं कृषकहरु र कृषि व्यवसायीहरुको दक्षता अभिबृद्धि गर्दै आन्तरिक एवं अन्तराष्ट्रिय बजारको गुणस्तर अनुरुपको स्वच्छ र स्वस्थ खाद्य वस्तुहरु उत्पादन गर्न सहयोग गर्ने रणनिति अवलम्बन गरेको छ । यी रणनितिहरु हासिल गर्नका लागी आयोजनाले बिभिन्न आव्हानहरु मार्फत मुल्याङन गरि छनौट भएका कृषक समुह ,सहकारी ,लघु उद्यमी निजी फर्म तथा कम्पनीहरुलाई पूरक अनुदान उपलब्ध गराउने नीति रहेको रही आएको छ । यसै अनुरुप साना तथा सिमानन्तकृत कृषक समूह ,लघु उद्यमीहरुलाई समेत समेट्ने गरी आ.व. २०७१÷०७२ देखि नमुनाका रुपमा पाचै विकास क्षेत्र समेट्ने गरी २५ जिल्लाहरुमा लघु अनुदान कार्यक्रम पनि लागु गरिएको छ । लघु अनुदान कार्यक्रम पूर्वान्चलमा ईलाम ,संङखुवासभा ,भोजपुर, खोटाङ ,सोलुखुम्बु र ओखलढुङगा, मध्यमाञ्चलको दोलखा, रसुवा,सिन्धुपाल्चोक र नुवाकोट, पश्चिमान्चलको बाग्लुङ ,गोरखा , गुल्मी, म्याग्दी र पर्वत मध्यपश्चिमाञ्चलको जुम्ला, कालिकोट, जाजरकोट, रोल्पा, रुकुम र सल्यान तथा सुदुरपश्चिमको दार्चुला, बैतडी, डडेलधुरा र डोटीमा सन्चालन गरिएको छ । उपभोक्ताको स्वास्थ्य तथा वातावरण संरक्षणलाई मध्यनजर गरी तरकारीमा विषादीको समूचित प्रयोगलाई बढावा दिन सबै भन्दा बढी तरकारी उत्पादन हुने तीन जिल्लाहरु काभ्रेपलान्चोक ,धादिङ र चितवनमा एकीकृत विषादी व्यवस्थापन कार्यक्रम सन्चालनका लागी पनि आयोजनाले आशिंक अनुदान कार्यक्रम लागु गरेको छ । कृषि तथा व्यापार आयोजना ( प्याक्ट ) सल्लाघारी, काठमाण्डौं । सम्पर्कः ०१–४०१७७६५ फ्याक्सः ०१–४३७३२३६