नयाँ शक्ति नेपाल स्थापनाको घोषणा

नयाँ शक्ति नेपाल स्थापनाको घोषणा

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौ, ३० जेठ ।
naya-saktiतत्कालिन एमाओवादी परित्याग गरेका डा बाबुराम भट्टराईको नेतृत्वमा काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ ।

रंगशालामा आयोजित सभामा संयोजक बाबुराम भट्टराईले औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्नु भएको हो । साथै उपस्थित नयाँ शक्ति नेपाल पार्टीका सदस्यहरुलाई भट्टराईले शपथ पनि खुवाउनु भयो ।

यसअघि यसलाई नयाँ शक्ति नेपाल अभियान नाम दिइएको थियो । घोषणासभा अघि काठमाडौं उपत्यकाका विभिन्न ४ स्थानबाट निकालिएर्को याली रंगशालामा पुगेर सभामा परिणत भएको थियो । रत्नपार्क, बिजुलीबजार, कालिमाटी र कुपण्डोलबार्ट याली निकालिएको थियो ।

तत्कालिन एकिकृत माओवादी पार्टी परित्याग गरेका भट्टराईले आर्थिक क्रान्तिको एजेण्डासहित नयाँ शक्ति नाम दिएर नयाँ पार्टी स्थापना गर्नु भएको हो ।घोषणासभामा सहभागी हुन २४ देशबाट अभियन्ता र विभिन्न मुलुकबाट शुभकामनाका लागि प्रतिनिधि आएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

रंगशालामा सहभागीलाई व्यवस्थित गर्न १ हजार ५ सय स्वयंसेवक खटाइएको छ । पार्टीको उद्घाटन सत्रपछि हुने छलफल सत्रमा पार्टीको विधान, समृद्धिको खाका र राजनीतिक दस्तावेज गरि तीनवटा प्रतिवेदन पेश हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ