विप्लव माओवादीद्धारा गोरखामा एनसेलको टावरमा आगजनी

विप्लव माओवादीद्धारा गोरखामा एनसेलको टावरमा आगजनी

  • शनिबार, जेष्ठ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

गोरखा, २९ जेठ ।

ncellनेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुले गोरखामा एनसेलको एउटा मोबाइल फोन टावरमा आगजनी गरेका छन् ।

गोरखाको आस्र्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावरमा आज बिहान तीनजनाको समूमा आएका माओवादी कार्यकर्ताले आज बिहान १० बजे आगजनी गरेका हुन् ।

तीनजनाको समूहमा आएका अपरिचित युवाहरुले मिनरल वाटारको बोत्तलमा ल्याएको पेट्रोल छर्केर टावरमा आगो लगाई भागेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । टावरमा लगाइएको आगो स्थानीयबासी र प्रहरी चौकी बोर्लाङको टोलीले केहीबेरपछि नियन्त्रणमा लिएका थिए ।

आजै नेकपा माओवादीले राज्यलाई कर छली गरेको भन्दै एनसेल कल सेन्टर कार्यालयमाथि आक्रमण गरेको छ ।

एनसेलले हालसम्म २२ अर्ब रकम राजस्व छली गरेको भन्दै कैलालीको घनगढिस्थित कार्यालयमाथि कारवाही गरेको माओवादी पार्टीले विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा सांकेतिक रुपमा राजस्व छली गर्ने लअभिि बहिस्कार गरौ भन्ने नारा सहित जनकारबाही गरेको लेखिएको छ ।

नेकपा माओवादीका केन्दीय सदस्य राम प्रसाद तिमिल्सेना ‘आर.पी’ले उपभोक्ताबाट कर अग्रिम असुल गर्ने, ग्राहकलाई सेवामा ठगी गर्ने र राज्य लाई कर नबुझाउने गरेकोले कार्बाही गरेको बताउनुभयो ।

एनसेल कल सेन्टर कार्यालयको सिसा फुटेर समान्य क्षेती भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कैलाली जिल्लाका पूर्व अध्यक्ष बीरेन्द्र विकले जानकारी दिनुभयो । राज्यलाई बुझाउनु पर्ने कर नतिरेमा फेरि पनि कडा कार्बाही गर्नेे माओवादीको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ