काठमाडौं,२९ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले कसैलाई काखा र पाखा नगरेको बताउनु भएको छ ।
सुलक्षण कीर्ति विहार चोभारमा शनिबार बुद्ध दर्शनमा पीएचडी गर्ने पहिलो बौद्ध भिक्षुणी अनुजा गुरुमालाई सम्मान गर्न गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधानले सबै जात, धर्म र संस्कृतिको संरक्षण गरेको बताउनु भयो ।
उहाले बौद्धधर्म–दर्शनको संरक्षण गर्नुपर्ने भन्दै बौद्धदर्शनको अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धका उपदेशको सान्दर्भिकता उत्तिकै रहेकाले विश्वमाझ र्पुयाउनुपर्ने उहाको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्रा्ष्ट्रिय शान्ति क्षेत्रकोरुपमा विकास गर्दै पर्यटक आकर्षित गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा पर्यटनमन्त्री आनन्द पोखरेलले अहिंसाको आन्दोलन लुम्बिनीबाट सुरु भएको भन्दै यसको विशेष महत्व रहेकोे बताउनु भयो ।
उहाले नेपाललाई बौद्धधर्मको मुख्य केन्द्र बनाएर पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको बताउनु भयो ।