परराष्ट्रमन्त्री थापाले आज दिल्लीमा दिक्षान्त समारोहलाई सम्बोधन गर्ने

परराष्ट्रमन्त्री थापाले आज दिल्लीमा दिक्षान्त समारोहलाई सम्बोधन गर्ने

  • शनिबार, जेष्ठ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २९ जेठ ।  

भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज दक्षिण एसियाली विश्वद्यिायको दिक्षान्त समारोहको अध्यक्षता गर्दै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री थापाले समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । करिब पाँच वर्षअघि दिल्लीमा स्थापना भएको उक्त विश्वविद्यालयले आज आफ्नो दिक्षान्त समारोहको आयोजना गरिएको हो ।

दिक्षान्त समारोहमा सहभागी हुन उहाँ हिजो भारत प्रस्थान गर्नुभएको हो । यसैबीच परराष्ट्रमन्त्री थापाले आज पनि भारतीय उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँले आज भारतीय गृहमन्त्री राजनाथ सिंह सहित सरकारका मन्त्री तथा वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय प्रतिपक्षी दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी लगायतका उच्च अधिकारीसँग पनि भेटवार्ताको तयारी गर्नुभएको श्रेष्ठले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ