वैतडीमा जातिय विभेद गर्ने चिकित्सकमाथि कार्बाही गर्न लाहुर्निपको माग ( विज्ञप्ति सहित )

वैतडीमा जातिय विभेद गर्ने चिकित्सकमाथि कार्बाही गर्न लाहुर्निपको माग ( विज्ञप्ति सहित )

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

जेष्ठ २८ काठमाण्डौं । नेपालका आदिवासीहरुको वकिल समुह ( लाहुर्निप ) ले वैतडी जिल्लाको दशरथचन्द नगरपालिकाका हिरा भुललाई सुत्केरी बेथा लागेको अवस्थामा एम्बुलेन्स दिन जिल्ला अस्पतालका चिकित्सक डा. गुणराज अवस्थीले अस्वीकार गरेको र विभेद गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।

लाहुर्निपका सचिव शंकर लिम्बुले शुक्रबार एक विज्ञप्ति जारी गरी सार्वजनिक पद धारण गरेका व्यक्तिले सार्वजनिक स्थलमा गरेको जातिय विभेद विरुद्ध दोषीमाथि कार्बाह ीगर्न माग गर्नु भएको छ ।

पेटमा जुम्ल्याहा बच्चा रहेकाले जिल्ला अस्पतालमा जन्मिन नसके पछि सेती अञ्चल अस्पताल पुर्याउन एम्बुलेन्स माग्दा डा अवस्थीले तिमीहरु दलित , डुमहरुलाई कहा एम्बुलेन्स मिल्छ भन्दै दिन अस्वीकार गरेको पीडितको गुनासो छ ।

साथै यसै विषयलाई लिएर डा. अवस्थीलाई कालो मोसो दलेका मध्य ३ जना महिला अधिकारकर्मीलाई जेष्ठ २४ गते देखि हिरातमा राखेर सार्वजनिक मुद्धा चलाएको भन्दै त्यसलाई समेत फिर्ता लिन लाहुर्निपले आग्रह गरेको छ ।

साथै अर्को प्रसगमा लाहुर्निपले एक सञ्चार माध्यमले खानेकुराको अभावमा घास खादै चेपाङ भनेर समाचार छापिएको प्रति समेत गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2016/06/Chepang-Press-Release.pdf” height=”400px” width=”700px” save=”1″]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ