विकासमा कसैले पनि राजनीति गर्न नहुने – प्रधानमन्त्री ओली

विकासमा कसैले पनि राजनीति गर्न नहुने – प्रधानमन्त्री ओली

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

oooliiiदमक, २८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकास र समृद्धि तर्फ रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताउनु भएको छ ।आज बिहान दमक–६ स्थित मा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको हो ।

उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएकोमा जोड दिनुभयो ।मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलकको परिवर्तनको लागि सबैले हिम्मत राख्नु पर्ने बताउनु भयो ।

आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक पुग्नु भएका प्रधानमन्त्री ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट समेत लिनुभयो ।

भ्यूटावरको शिलान्यास गरे लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ