परराष्ट्रमन्त्री थापा आज भारत जाँदै

परराष्ट्रमन्त्री थापा आज भारत जाँदै

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २८ जेठ ।  

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

दक्षिण एसियाली विश्वविद्यालय नयाँ दिल्लीमा भोली हुने दिक्षान्त समारोहमा सहभागी हुन उपप्रधानमन्त्री थापा त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी शुष्मा स्वराजसँग भेटवार्ता गर्नुहुनेछ । आज साँझ दिल्लीमा हुने भेटमा नेपाल–भारत संयुक्त आयोगको नयाँ बैठकको मिति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।

उपप्रधानमन्त्री थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दलका कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग भेट्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै उहाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनले नेपालको संविधान निर्माणपछिको अवस्थाबारे गर्ने अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

यसअघि भारतले लगाएको पाँच महिने नाकाबन्दीकै बीचमा पनि मन्त्री थापा तीनपटक भारत भ्रमणमा जानु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ