उपराष्ट्रपति पुन साताब्यापि भ्रमणका लागी आज चीन जादै

उपराष्ट्रपति पुन साताब्यापि भ्रमणका लागी आज चीन जादै

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,२८ जेठ ।

चीनमा हुने व्यापारीक मेलामा सहभागी हुन उपराष्ट्रिपति नन्दबहादुर पुन एक साता लामो भ्रमणका लागी आज त्यसतर्फ प्रस्तान गर्दै हुनुहुन्छ ।

उपराष्ट्रपति पुन ११ सदस्यीय टोलिको नेतृत्व गर्दै आज बिहान ११ बजे चीनको छेन्दु हुदै कुन्मिङ प्रस्तान गर्न लाग्नु भएको हो  । उपराष्ट्रपतिमा निर्वाचित भएपछिको पुनको यो पहिलो विदेश भ्रमण हो ।

चीन बसाईक क्रममा उहाले चौथो चीन दक्षिण एसियाली मेला, २४ औ चीन कुन्मिङ आयात निर्यात व्यापार मेलामा सहभागी हुनुहुनेछ । यस्तै चीन दक्षिण एसिया व्यावसायीक मन्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

भ्रमण टोलीमा उपराष्ट्रपति पत्नी हस्तमालि ,उहाका स्वकिय सचिव सुकबहादुर रोका , उपराष्ट्रपति कार्यलयका सचिव राजेन्द्रकिशोर क्षेत्री ,पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाल ,परराष्ट्र मन्त्रालयका प्रतिनिधि लगायत एघार जना रहनेछन् ।

साताब्यापि भ्रमण सकेर उहा असार दुई गते स्वदेश फर्कनुहुनेछ । भ्रमणको पुर्व सन्धायामा हिजो साझ राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटि उहाले भ्रमणबारे जानकारी गराउनुका साथै आफ्नो भ्रमणले दुई देश बीचको सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउन सफल हुने बिश्वास ब्यत्त गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनको चीन भ्रमण यसअघि नै मन्त्रिपरीषको बैठकले स्वीकृत गरिसकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ