काठमाण्डौ ,२७ जेठ ।
बिप्लब नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका क्रममा उपत्यका सहित देशभरबाट दर्जनौ नेता कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकाका तीन जिल्ला काठमाण्डौ ,ललितपुर र भत्तपुरबाट ४६ जना पक्राउ परेको जनाईएको छ ।
काठमाण्डौबाट सबैभन्दा बढी ३४ जना पक्राउ परेको परेको नेपाल प्रहरीका एसपि प्रधुम्न कार्कीले बताउनु भयो ।
काठमाण्डौको कंलकिबाट ट्रेड युनियन महासंघको अध्यक्ष योगेद्र कुमाल ,बिष्णु अधिकारी, रविन खत्री लगाएत छ जना नेता तथा कर्यकर्ता पक्राउ परेको केन्द्रिय सदस्य माईला लामाले जानकारी दिनुभयो ।
यता रत्नपार्कबाट जन गणतान्त्रिक सम्पर्क मन्चका केन्द्रय अध्यक्ष राजु कार्की सहित दश जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरोत्तम पाण्डे , यमलाल लामिछाने , प्रज्वल श्रेष्ठ ,गणेश बोहरा ,एल के रायमाझि , दुर्गा अधिकारी ,छेवाङ लामा होम बहादुर मगर र अर्जुन कटुवार रहेका छन् ।
उता बालाजुबाट बिद्यार्थी नेता चन्द्र बुढा , मिन चलाउने ,सुमन अधिकारी , ,रजमान तामाङ तथा मजदुरका सागर तिमल्सिना र खगेन्द्र मैनालीलाई पनि नियन्त्रणमा लिएको बताईएको छ ।
भक्तपुरबाट चन्द्र लामा र अबिन लामासहित तीन जना पक्राउ परेका छन् भने भत्तपुर जिल्ला जनपरीसद प्रमुख कृष्णराम खड्का सल्लाघारीबाट पक्राउ परेका छन् ।
यस्तै कलङकीबाट काठमाण्डौ जिल्ला पाटीका ईलाका नम्बर ८ का सेक्रेटरी बिजयलाई पनि नियन्त्रणमा लिएको छ । ललिलतपुरमा माओवादी नेता कृष्ण खड्का पनि पक्राउ परेका छन् ।
यसैगरी, पोखरामा १० जना ,कालिकोटमा जिल्ला सेक्रेटरी समर सहित १२ जना , रुकुममा दुई जना ,मोरङमा तीन जना पक्राउ परेको जनाईएको छ ।
यसैबीच नेपाल बन्दका क्रममा आफ्ना नेता कार्यकतालाई धरपकड र गिरफ्तार गरिएकोप्रति आपति जनाउदै पार्टी प्रवत्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्डले प्रहरी प्रसासनले आफुहरुको आन्दोलनमा दमन गरेको भन्दै बिरोध जनाउनु भएको छ ।उहाले पक्राउ परेका सबैलाई रिहाईको माग पनि गर्नुभएको ।
यता उपत्यका प्रहरी प्रवत्ता एसपि कार्कीले माओबादीको बन्दलाई लक्षित गरी सडकमा बाक्लोमात्रामा प्रहरी परिचालन गरेको जानकारी दिनुभयो । उहाले जबरजस्ती बन्द गराउदै हिडेका तथा तोडफोडमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनु भयो ।