काठमाडौं २७ जेठ
विप्लप नेतृत्वको माओवादिका प्रवक्ता खड्ग बहादुर विश्कर्मा प्रकाण्डले विगतमा संगै जनयुद्ध लडेको भएपनि पनि प्रचण्ड नेतृत्वको माओवादीले आफुहरुसंग वर्ग शत्रुको भुमिका खेलको बताउनु भएकोछ ।
युद्धकालनि झुटा मुद्धाको विरुद्धमा गरिएको आन्दोलनमा माओवादी केन्द्र नेतृत्वको गृमन्त्रालयको उग्र धरपकडले प्रचण्ड माओवादीको विचार र नियत प्रष्ट भएको बताउनु भएकोे छ ।
रेडियो मिर्मिरेको दैनिक संवाद मुलक कार्यक्रम आजको सन्र्दभमा बोल्दै माओवादी प्रवक्ता प्रकाण्डले गृहमन्त्री शक्ति बस्नेत एमालेका बामदेब भन्दा पनि निर्मम तरिकाले अफ्ना कार्यकर्ताहरुको पक्राउर धरपकडमा उत्रिएकाले यसको शसक्त प्रतिवाद गर्ने बताउनु भयो ।
प्रचण्ड र एमालेबिच भएको नौ बुधे सहमतीमा द्वन्दकालिन मुद्धारुलाई कानुन संसोधन गरेर समाधन गर्ने सहमती भएपनि व्यावहारमा त्यसको विल्कुलै विपरित अवस्था देखिएकाले यसको कुनै अर्थ नहुने बताउनु भयो ।
द्वन्दकालिन मुद्धामा जनयुद्धसंग जोडिएका सबै पक्षका कर्यकर्ताहरु पक्राउ परेपनि नेकपा माओवादी विप्लप पक्षका कार्यकर्ता धेरै पपक्राउ परेकोले प्रचण्ड–एमाले सहमतीलाई कुरेर बस्न नसकिने उहाले बताउनु भयो ।
यस्तै नेकपा माओवादीका प्रवक्ता प्रकाण्डल राज्यले बन्दुक र दमनको भाषा बोलिरहेकाले नियोजि तरुपमा युद्ध थोपर्ने कोसिस गरिए आफुहरुपनि त्याही तरिकाले सोच्न बाध्उहुने बताउनु भयो ।
विप्लप नेतृत्वको नेकपा माओवादीले जनयुद्धकालिन मुद्धामा आफ्ना कार्यकर्ताहरु पक्राउ गरिएको विरोधमा आज नेपाल बन्दको आह्वान गरेकोछ । बन्दको आपह्वान संगै हिजो साँझा देखि अहिले बिहान सम्म देशभरमा दर्जनौ कार्यकर्ता पक्राउ गरिएको माओवादीले जनाएकोछ ।