माओवादीको बन्दले देशभरको जनजिवन प्रभावित ,दजनौ सवारी साधनमाथि तोडफोड र आगजनि

माओवादीको बन्दले देशभरको जनजिवन प्रभावित ,दजनौ सवारी साधनमाथि तोडफोड र आगजनि

  • बिहिबार, जेष्ठ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं,२६ जेठ ।
बिप्लब नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ । झुठा आरोपमा पक्राउ परेका पार्टीका नेता तथा कार्यकर्तालाई बिना शर्त रिहाईको माग गर्दै माओवादीले बन्दको आह्वान गरेको हो ।

बन्दका कारण बिहानदेखि देशभरको जनजीवन प्रभावित बनेको छ । नेकपा माओवादीका कार्यकर्ताहरू बिहानैदेखि उपत्यका सहित मुलुकका विभिन्न शहरहरुमा बिहानैदेखि सडकमा निस्किएर बन्द गराउदै हिडेका छन् ।

उपत्यका सहित देशका बिभिन्न स्थानमा डेढ दर्जन सवारी साथन माथि आगजनी तथा तोडफोड भएको जनाईएको छ ।

तिनकुने ,महाराजगंन्ज ,नेपालटार, चाबेल , गोङ्गवु, भक्तपुर नाङ्ढुन्ङ्गा गरि झन्डै डेड दर्जन बढी सवारी साधनमा तोडफोड तथा आगजनी गरेको जनाईएको छ । नागढुङगामा ना ५ ख ७० ४१ नम्बरको माईक्रो तोडफोड भएको छ । नयाँ बषपार्क नजिकै एउटा माईक्रोमाथि आगजनी गरेको जनाईएको छ ।

बन्द गराउदै हिडेका आधा दर्जन बढी कार्यकर्ता पक्राउ परेको माओवादीले जनाएको छ । काठमाण्डौको कंलकिबाट ट्रेड युनियन महासंघको अध्यक्ष योगेद्र कुमाल ,बिष्णु अधिकारी, रविन खत्री लगाएत छ जना नेता तथा कर्यकर्ता पक्राउ परेका छन् ।
उता बालाजुबाट मिनबहादुर चलाउने ,सुमन अधिकारी ,चन्द्र बुढा, रजमान तामाङलाई पनि नियन्त्रणमा लिएको छ ।ग्वार्खो बाट जम्बो शेर्पा सहित तीन जना पक्राउ पक्राउ परेका छन् ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कोशी बिउरो संयोजक नबराज भटराइ, मोरोङ जनसत्ता प्रमुख दिपक र इटहरी नगर इन्चार्ज बिक्रम लगायत कोशी बिउरोबाट आधा दर्जन नेता तथा कर्याकर्ता पक्राउ परेको माओवादीले जनाएको छ ।

त्यसैगरी लुम्बिनि क्षेत्र, मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम, झापामा पनि बन्दको पूर्ण प्रभाव परेको हाम्रा सहकर्मीले जनाएका छन् । माओवादी कार्यकर्ता बिहानदेखि यातायात, उद्योग, शिक्षण संस्था, विभिन्न कार्यालय बन्द गराउदै हिडेका छन् ।

बन्दको क्रममा हुने घटनालाई नियन्त्रण गर्नको लागि देशभर सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । काठमाण्डौका सडकहरुमा पनि प्रहरीले सुरक्षा जाच कडा पारेको छ ।

सर्वसाधारण बटुवा देखि सवारी साधनसम्मलाई कडा निगरानिमा राख्दै प्रहरीले ब्याक सवारी साधनका डिक्की लगायतको चेकजाच गरिरहेको छ ।

दर्जनन्दा बढी कार्यकर्तालाई सरकारले प्रहरी लगाएर गिरफ्तार गर्ने, आतंकित पार्ने, झुठा मुद्दा लगाएर फसाउने र जेल हाल्ने कार्य जारी राखेपछि त्यसविरुद्ध आजको नेपाल बन्दको घोषणा गरिएको माओवादीले जनाएको छ । गिरफ्तारपश्चात झुठा आरोपमा राखिएकोप्रति आपत्ति जनाउँदै निसर्त रिहा गर्नुपर्ने माग राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ