“तिम्रो सम्झनामा” सार्बजनिक

“तिम्रो सम्झनामा” सार्बजनिक

  • बुधबार, जेष्ठ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जेष्ठ-२६-काठमाण्डौ

हेमन्त खड्का र ललित क्षेत्रीको लोक दोहोरी गीत तिम्रो सम्झनामा आज राजधानीमा  एक बिशेष कार्यक्रमका बीच सार्बजनिक गरिएको छ
वरिष्ठ लोक गायक बम बहादुर कार्की,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा ,लोक गायक बद्रि पंगेनी लगायतको उपस्थितिमा सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको सो गीतिसंग्रह सार्बजनिक गरिएको हो

राष्ट्रिय लोकसंचारकर्मी नेपालको आयोजनामा भएको सो कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि बरिष्ठ लोक गायक बम बहादुर कार्कीले
लोक गीत संगीतमा देखिएको बिकृतिकै कारण पछिल्लो पिढीको सम्मानमा कमि हुदै गएको बताउनु भयो एक जनाको गलत कार्यले गर्दा धेरैलाई प्रभाब पर्ने हुनाले सबै मिलेर बिकृति माथि आवाज उठाउनु पर्ने बताउनु बताउनुभयो त्यस्तै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्माले नेपाली सांगीतिक क्षेत्र ओरालो लागिरहेको बेलामा पनि नयाँ नयाँ सर्जक र सृजना बजारमा आउनु सकरात्मक भएको भन्दै मौलिक सृजनाको संरक्षणमा अग्रज कलाकारहरुको साथ् रहनु पर्ने बताउनु भयो
त्यस्तै राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिबल्लब नेपालले संचार माध्यम ब्यापार मुखी हुनु भन्दा मौलिक सृजनाको जगेर्नामा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो

राजेन्द्र कडेल र बिष्णु माझीको आवाजमा रहेको सो गीतिसंग्रहको शब्द रचना पबित्र राइको रहेको छ भने लय तेजेन्द्र बिबसको रहेको छ सो समारोहमा सो गीतको म्युजिक भिडियो पनि सार्बजनिक गरिएको थियो
कार्यक्रममा बरिष्ठ संगीतकार अमर गुरुङको निधन प्रति दुख व्यक्त गर्दै श्राद्धन्जालि अर्पण गरिएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी