वीरगन्जका अधिकांश भाग डुबानमा

वीरगन्जका अधिकांश भाग डुबानमा

  • बुधबार, जेष्ठ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

 पर्सा ,२६ जेठ ।

वीरगन्ज नगरका अधिकांश वडा डुबानमा परेका छन् । बिहान ३ देखि ५ बजेसम्म परेको अविरल वर्षाको कारण वीरगन्ज उपमहानगरपालिकाको आदर्शनगर, मुर्ली, पानीट्याङ्की, श्रीपुर, नगवा, भिष्वा, इनर्वा, छपकैया, रानीघाट, गोश्वार लगायतका स्थान डुबानमा परेका हुन् ।

वीरगन्जको आदर्शनगरमा वर्षाको पानी पसलभित्र प्रवेश गरेकाकारण लाखौँको क्षति भएको व्यापारीले बताएका छन् । आदर्शनगर एरियामा रहेका पसलभित्र पानी पसेपछि भित्र रहेका इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्न, सौन्दर्य प्रसाधन लगायतका समान बिग्री लाखौँ रुपैयाँको क्षति भएको व्यापारीले गुनासो गरेका छन् ।
समयमा उपमहानगरपालिकाले नगरभित्र रहेको ढल तथा नाला सफाइ नगर्दा डुबानको समस्या खप्नु परेको वीरगन्जवासीले गुनासो गरेका छन् । नाला सफा नभएको कारण वर्षाको पानीले निकासी पाउन नसकी जिल्ला प्रशासन कार्यालय पर्सासमेत डुबानमा परेको छ ।
कार्यालयमा तीन फिटसम्म पानी जमेपछि कार्यालय आउने सेवाग्राहीले समस्या खेप्नु परेको छ ।
यस विषयमा वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले उपमहानगरपालिकाभित्र एडिपी परियोजना अन्तर्गत सडक, ढल र नाका निर्माण कार्य भइरहेकाले डुबानको समस्या नगरवासीले खप्नु परेको जानकारी दिए । उनले डुबान भएका क्षेत्रको पानी निकाल्न उपमहानगरपालिकाका कर्मचारी बिहानैदेखि लागेको दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ