काठमाडौ, २६ जेठ
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघको ११ औं महाधिवेशनको मिति र स्थान टुंगो लगाउन आज पनि बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय गरिएको छ । हिजो बसेको नेविसंघको बैठकमा ११ औं महाधिवेशन आगामी असार वा साउन महिनामा गर्ने प्रस्ताव गरेको हो ।
हिजो को बैठकमा २३ जना सदस्यहरुले आफ्नो धारणा राखेको र आज बाँकी सदस्यले भनाई राख्ने पनि नेविसंघ प्रवक्ता यूपी लामिछानेले बताउनुभयो ।
त्यस्तै हिजोको बैठकमा अध्यक्ष रञ्जित कर्णले असार २८ देखि ३० गतेसम्म साउन २२ देखि २४ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेको र त्यसमा आज थप छलफल हुने प्रवक्ता लामिछानेले बताउनुभयो ।
बैठकले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline