काठमाडौ ,२६ जेठ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार परिवर्तन हुने सम्भावना रहेको बतान’ भएको छ ।
प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन सरकार लागेकाले अहिले नै सरकार नढल्ने दाबी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका गौतमले एमाले पनि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमै रहेको सकेसम्म प्रधानमन्त्री ओलीकै नेतृत्वमा नभए अरु उपय’क्त व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न एमाले तयार रहेको प्राष्ट पानर्’भयो ।
जसको नेतृत्वमा सहमतिको सरकार बने पनि यही सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागू हुनुपर्नेमा उहाँले जोड दिनु भएको छ ।
सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई छोएको दाबी गर्दै उहाले तराई क्षेत्रको पूर्वाधार विकासमा ठूलो बजेट विनियोजन भएकाले तराईका जनता यो बजेटबाट धेरै नै खुसी भएको जिकिर गनर्’भयो ।