गठबन्धनको रिले अनसन आज दोस्रो दिन पनि जारी

गठबन्धनको रिले अनसन आज दोस्रो दिन पनि जारी

  • बुधबार, जेष्ठ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौ २६ जेठ । 

संविधान पुनरलेखनको माग राख्दै आन्दोलनरत संघिय गठबन्धनको रिले अनसन आज दोस्रो दिनपनि जारी छ ।

आफूहरुको माग सम्बोधनमा सरकार उदासिन देखिएको भन्दै गठबन्धनले हिजोदेखि राजधानीको खुलामन्चमा रिले अन्सन सुरु गरेको हो ।

पहिचान सहितको संघियता लगायतका विभिन्न २६ बुँदे माग राख्दै सुरु गरेको रिले अनसन आगामी असार मसान्तसम्म जारी रहने गठबन्धनले जनाएको छ ।

आज गठबन्धन आवद्ध दलका दोस्रो वरियताका नेताहरु अनसनमा बस्ने जनाएको छ । यसअघि हिजो गठबन्धन संयोजक उपेन्द्र यादव सहितका शिर्ष नेताहरु अनसनमा बसेका थिए ।

यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत गठबन्धनले सिंहदरबार र प्रधानमन्त्री निवास घेराउका साथै राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ