सुर्खेत, २५ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताउनुभयो ।
ओलीले भन्नुभयो, ‘सहमतिका लागि प्रतिपक्षमा रहेका सबै दलहरुसँग विचार–विमर्श थालिएको छ । छलफल भइरहेको छ । अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिइनुपर्छ’
ओलीले संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिदै उहाँले सरकारको विरोध प्रतिपक्षबाट हुनु लोकतान्त्रिक प्रक्रियाको एउटा कडी भएको स्पस्ट समेत पार्नुभयो । यद्धपी विरोध रचनात्मक रपमा सरकारको कामको गुण, दोषका आधारमा हुनुपर्ने उहाँको धारणा छ ।