ई–कान्तिपुरलाई स्पष्टीकरण पेश गर्न काउन्सिलको निर्देशन

ई–कान्तिपुरलाई स्पष्टीकरण पेश गर्न काउन्सिलको निर्देशन

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं,२५ जेठ ।

प्रेस काउन्सिल नेपालले ई–कान्तिपुर डटकम (e-kantipur.com ) मा मिति २०७३ जेठ २४ गते सम्प्रेषण गरिएको समाचारको विषयलाई लिएर उक्त अखवारलाई ३ तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरेको छ ।
मंगलबार विहान निधन हुनुभएका बरिष्ठ सङ्गीतकार अम्बर गुरुङ्को एक दिन अगावै मृत्युको समाचार प्रकाशित तथा प्रसारित गरेकोमा लगत्तै प्रेस काउन्सिलले अनुगमन गरी उक्त समाचार गलत, भ्रामक र संवेदनहीन भएको जनाएको छ ।

मानिसको अवशान (Death) सम्वन्धी विषय संवेदनशील हुने भएकोले त्यस्तो समाचार सम्प्रेषण गर्दा अति सावधानी र होशियारी हुनुपर्नेमा सचेतता गराउँदै उक्त समाचारले पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ३ (४) मा — “सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने ः पत्रकार र सञ्चारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य, तथ्य, बस्तुनिष्ठ एवम् सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ ।” भन्ने व्यवस्थाको उल्लङ्घन भएकोमा त्यस अनलाइनबाट गरिएको सामान्य क्षमायाचना प्रयाप्त नहुने भन्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले सम्वन्धित सञ्चारमाध्यमलाई पत्राचार गरी त्यस्तो आपत्तीजनक समाचार कसरी सम्प्रेषण हुन गएको हो ? सो समाचार संकलन गर्ने संबाददाता, समाचार सम्पादन गर्ने सम्पादक समेतको विवरण खुल्ने गरी आधार र कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश गरिएको हो ।

त्यसैगरी काठमाडौं टुडे डटकमले जेठ १७ गतेको अंकमा “माधव नेपालको कठोर आरोप : केपी ओली सहिदकी श्रीमती ताक्ने, बलात्कारीको गाडी चढ्ने र जड्याहाका गुरु ” शीर्षकमा प्रकाशित समाचारले पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ४(११) उल्लङ्घन भएको भन्दै ७ सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश गरिएको छ ।

13401161_1012593702151056_610099139_n kathmandu tody

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ