राजधानीको खुलामन्चमा गठबन्धनको अनसन

राजधानीको खुलामन्चमा गठबन्धनको अनसन

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २५ जेठ ।  

आन्दोलनरत मधेशी मोर्चा र विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनले आजबाट तेस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गर्दैछ ।

जसअन्तरगत गठबन्धन आज राजधानीको खुल्लामञ्चमा अनसन कार्यक्रम राखिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको रिले अनसन साँझ ७ बजेसम्म जारी रहेने गठबन्धनले जनाएको छ ।

पहिलो दिन आज संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव सहित अन्य दलका शीर्ष नेताहरु अनसनमा बस्ने कार्यक्रम रहेको छ ।

आगामी असार मसान्तसम्म चल्ने अनसनमा प्रत्येक दिन ३ बजेपछि सन्देशमूलक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । यस्तै प्रतयेक दिन अनसनको अन्त्यमा गठबन्धनका एक शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

संविधान पुनर्लेखनको माग गर्दै दोस्रो चरणमा राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको गठबन्धनले यसअघि सिंहदरबार र वालुवाटार घेराऊका साथै राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको थियो ।

सरकारले मधेसी मोर्चालाइ वार्तामा आउन आग्रह गरेको भएपनि सिङ्गो गठबन्धलाई वार्तामा बोलाउनु माग राख्दै उनीहरुले आन्दोलन जारी राखेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ