काठमाण्डौ, २४ जेठ ।
सिंचाइमन्त्री उमेश यादवले सुनकोसी–कमला डाइभर्सनको काम चाँडै सुरु गरिने बताउनुभएको छ ।
आज सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले डाइभर्सनको काम छिटो सुरु गरी तराई र भित्री मधेसका जिल्लामा खाद्यान्न उत्पादनमा जोड दिइने बताउनुभयो ।
उहाँले सुनकोसी कमला डाइभर्सनको काम सरकार आफैंले गर्न चाहेकोसमेत स्पस्ट पार्नुभयो । डाइभर्सनको अध्ययनका लागि मन्त्रालयले बजेट विनियोजन गरिसकेको उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline