काग्रेस बिदेशीको गोटि होईन :कोईराला

काग्रेस बिदेशीको गोटि होईन :कोईराला

  • सोमवार, जेष्ठ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,२४ जेठ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई कमजोर बनाएर आफ्नो अभिष्ट पूरा गर्न विदेशी शक्तिहरू लागि परेको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस वुटवल उपमहानगरपालिका समितिले आज गरेको कार्यक्रममा नेता कोईरालाले केहि बिदेशी शक्तिहरु खुलेरै काग्रेसलाई कमजोर बनाउन अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउछौ भन्दै खुलेआम लाग्न थालेको बताउनु भयो ।

उहाले काँग्रेस जस्तोसुकै परिस्थिति आएपनि कुनै विदेशी शक्तिको गोटी बनेर सत्तामा कुनै हालतमा नजाने स्पष्ट पार्नुभयो ।

अहिले नेपालका बामपन्थी र विदेशी शक्तिको घाँटी जोडिएकै कारण मुलुक बर्बादीको बाटोमा प्रवेश गरेको उहाले बताउनु भयो ।

सरकार परिवर्तनको खेलमा लागेर कांग्रेसले कुनैपनी गल्ती नगरेको बताउँदै कोईरालाले यस विषयमा आरोप प्रत्यारोपमा नउत्रिन कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ