भक्तपुर, २४ जेठ।
नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार संविधान कार्यान्वयन गर्नुको सट्टा जनतामा भ्रम फैलाउनमा नै ब्यस्त रहेको आरोप लगाउनु भएको छ ।
भक्तपुरमा आज आयोजित शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको चौंथौ बार्षिक स्मृति सभामा बोल्दै सभापति देउवालेसंविधान कार्यान्वयन तर्फ भन्दा पनि ओली सरकारले बजेट मार्फत पुरा गर्नै नसकिने कार्यक्रम ल्याई जनतामा झुठको खेती गरेको आरोप लगाउनुभयो ।
संविधान कार्यान्वयनको लागि स्थानिय निकाय र संसदिय दलको निर्वाचन गराएर संविधान कार्यान्वयनको ढोका खोल्नु पर्नेमा उहाले जोड दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले यो सरकारले ल्याएको निति तथा कार्यक्रम र बजेट आत्माघाति भएको बताउनु भयो ।
उहाँले ओली सरकारले झुठो आश्वासन दिएर ल्याएको बजेट अन्त्यमा राष्ट्रघाटी हुने बताउनभयो ।
उहाँले ओली सरकार राजनितिक क्षेत्रमा मात्र नभई आर्थिक, कुटनीतिक, प्रशासनिक र जनताको दैनिक उपभोग्य सामानको आपुर्तिको क्षेत्रमा समेत असफल भइसकेको बताउनु भयो ।
कार्यक्रममा वक्तित्व कला प्रतियोगितमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी र बिद्यालयलाई सभापति देउवाले पुरस्कार वितरण गर्नु भयो । त्यस्तै कार्यक्रममा पाँच जना विद्यार्थीहरुलाई शहिद राधेश्याम जोन्छें स्मृति छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।