मंसिरमा स्थानीय निर्वाचन हुन्छ: मन्त्री थापा

मंसिरमा स्थानीय निर्वाचन हुन्छ: मन्त्री थापा

  • सोमवार, जेष्ठ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

विराटनगर, २४ जेठ ।
उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गराएरै छाड्ने बताउनु भएको छ ।

उहाले निर्वाचनका लागी ऐन संशोधन लगायतका प्रक्रिया अगाडि बढाइ सकेकाले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले स्थानीय निकायको निर्वाचन गराउन सरकारले तयारी सुरु गरिसकेको बताउनु भएको छ ।

मुख्य दलका जिम्मेवार नेताले स्थानीय निकायको निर्वाचन गर्न मिल्दैन भन्नु अलोकतान्त्रिक चरित्र भएको भन्दै मन्त्री थापाले अवरोध खडा गर्ने दललाई जनताले मुल्याकंन गर्ने बताउनु भयो ।

साथै मन्त्री थापाले सरकार परिर्वतन गर्न खोजिए संविधान कार्यान्वयन नहुने बताउनु भयो। उहाँले सरकार परिवर्तनको खेलमा नलाग्न दलहरुलाई आग्रहसमेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ