आन्तरिक बिबाद समाधानका लागी एमाले स्थाई समिति बैठक बस्दै

आन्तरिक बिबाद समाधानका लागी एमाले स्थाई समिति बैठक बस्दै

  • सोमवार, जेष्ठ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ ,२४ जेठ ।

पार्टिको आन्तररिक बिबाद समाधानका लागी नेकपा एमालेको स्थाई कमिटि बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अपरान्ह तीन बजे बस्ने बैठकमा सरकार परिवर्तन लगायतका बिषयमा पार्टीभित्र देखिएको आन्तरीक बिबादसमाधानको प्रयास गरिनेछ ।

नेकपा माओवादी केन्द्रसँग बैशाख अन्तिम साता भएको नौ बुदे सहमतीका बेला सरकार परिवर्तन सम्बन्धमा भद्र सहमती भएको भन्दै एमालेभित्रकै शिर्ष नेताहरुले नै अभिब्यत्ति दिएपछि आन्तरीक बिबाद तिब्र बनेको छ ।

आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले धारणा राखिसकेपछि औपचारीक निर्णय हुने सचिव प्रदप ज्ञवालीले जानकारी दिनुभयो ।

आजको बैठकबाट आन्तरीक बिबाद समाधान गर्नुका साथै सरकारका बिषयमा एउटै धारणा तय गर्ने उहाले बताउनु भयो ।

बैठकले केहि गाउँ तथा क्षेत्रीय कमिटिमा समानान्तर जस्तो देखिएकोले त्यसलाई ब्यवस्थापन गर्नुका साथै प्रदेश कमिटि गठन ,सल्लाहाकार नियुत्ति लगायतका बिषयमा पनि छलफल हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ