नेपाललाई २५ वर्षमा विश्वकै धनी देश बनाउनेः भट्टराई

नेपाललाई २५ वर्षमा विश्वकै धनी देश बनाउनेः भट्टराई

  • आइतवार, जेष्ठ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर , २३ जेठ ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

भक्तपुरको ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्दै बाबुरामले भन्नुभयो, ‘दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी बनाउने लक्ष्य रहेको छ ।’

भट्टराईले नयाँ संविधानलाई सबैले स्वीकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने समेत बताउनुभयो । उहाँले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न उहाँको आग्रह छ ।

मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ