एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • आइतवार, जेष्ठ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २३ जेठ । 

सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक अपरान्न ४ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको छ ।

आजको बैठकमा पछिल्लो राजनितिक अवस्था, पार्टीभित्रको आन्तरिक विवाद र सरकारको निरन्तरताका बिषयमा उठेका टिप्पणीहरुमाथी छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सरकारको बिषयलाई लिएर पार्टीभित्र देखिएको मत भिन्नता हल गर्ने बिषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

सत्ता सझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको विषय उठाइरहेका बेला दलभित्रैबाट पनि मतान्तर देखिएकाले त्यसमा साझा धारणा बनाइने भट्टराईले बताउनु भयो ।

हिजोदेखी शुरु बैठकमा संविधानको कार्यान्वयनका साथै राष्ट्रिय स्वाधिनताको रक्षाका लागी पार्टीको आगामी रणनीतिबारे नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ