मजदुरको योगदानलाई सरकारले भुल्यो : तामाङ

मजदुरको योगदानलाई सरकारले भुल्यो : तामाङ

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ? २१ जेठ । श्रमजिवी ट्रेड युनियन महासंघ नेपालले मजदुरहरुको समस्या तथा हकहितका लागि दृढताका साथ अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

संगठनको हालै राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन तथा भेलाले गरेका निर्णय सार्वजनिक गर्दै श्रमिकको उत्थानमा लाग्ने बताएको हो ।

संगठनका अध्यक्ष रामबहादुर तामाङले आज प्रेस विज्ञप्ति जारी गर्दै देशमा श्रमिक मजदुरको शोषणको अन्त्य गरि उनीहरुको जीवन सुखि र सम्पन्नतातर्फ लैजान आफुहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले मुलुक मजदुरहरुको रगत र पसिनाबाट सिंञ्चएको भन्दै मजदुरको योगदानलाई सरकारले भुलेको धारणा राख्नुभएको छ ।

संगठनको जेठ १५ देखि १६ गतेसम्म चलेको दोस्रो राष्ट्रिय सम्मेलन तथा भेलाले तामाङकै अध्यक्षतामा ३५ सदस्यीय नयाँ केन्द्रिय समिती चयन गरेको थियो । यस्तै भेलाले ६ सदस्यीय केन्द्रिय सल्लाहकार समिती समेत गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ